प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै « Khabarhub

प्रसाईं पक्राउ प्रकरण : भिडियो बनाउने दर्जन युट्युबर पनि अनुसन्धानमा तानिँदै


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ प्रकरणमा करिब एक दर्जन युट्युबर पनि तानिने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको ३२ अर्बभन्दा बढी लगानी कम्बोडियामा रहेको भनेर बनाइएको फेक भिडियो प्रकरणमा ती युट्युबरलाई पक्राउ तयारी गरेको हो ।

प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमा युट्युबर सम्मेलन गरेका थिए । जहाँबाट प्रसाईंले उपलब्ध गराएको फेक डकुमेन्टलाई आधार बनाएर भिडियो कन्टेन्ट बनाएका करिब दर्जन युट्युबरलाई पक्राउ तयारी गरिएको सीआईबीका एक अधिकारीले बताए ।

‘प्रसाईंले उपलब्ध गराएको विवरण फेक रहेको पुष्टि भइसकेको छ । त्यस डकुमेन्टका आधारमा भिडियो सामग्री बनाउने युट्युबरमाथि अनुसन्धान भइरहेको छ’, सीआईबीका ती अधिकारीले खबरहबसँग भने, ‘हामीले ती युट्युबरले बनाएको भिडियो सामग्री अध्ययन गरेका छौँ, हेरेका छौँ । जस-जसले फेक सामग्री फैल्याए, ती सबै हाम्रो अनुसन्धानको दायरामा आउँछन्, पक्राउ पर्छन् ।’

यता सीआईबीले प्रसाईंलाई साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।

सीआईबीले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको जनाएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबीसहित प्रसाईंले भक्तपुरस्थित निवासमै युट्युबरको सम्मेलन गरेका थिए ।

त्यसपछि उनले सोमबार नै फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए । जसमा ओलीको नाममै त्रुटि भेटिएको छ । प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओ भाइरल भएपछि सीआईबीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ४ : २० बजे

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच

हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू)

काठमाडौं– नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई