दुर्गा प्रसाईंसँग मिलेर प्रधानमन्त्रीबारे ‘फेक भिडियो’ बनाउने नौ युट्युब च्यानललाई कारबाही « Khabarhub

दुर्गा प्रसाईंसँग मिलेर प्रधानमन्त्रीबारे ‘फेक भिडियो’ बनाउने नौ युट्युब च्यानललाई कारबाही


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ ।

तीमध्ये दर्ता, सूचीकरणबिना चलेका तीनवटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचारसमेत गरिएको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्री तत्काल हटाउन वा स्थगन गर्नसमेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारबाही गरिएको काउन्सिलले जनाएको हो ।

काउन्सिलका सह-प्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा आधिकारिक एवम् विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रहसमेत गरिएको छ ।

‘अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि होइन’, काउन्सिलले भनेको छ । विज्ञप्तिमा कारवाहीमा परेका माध्यमको विवरणसमेत राखिएको छ ।

काउन्सिलले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेको अराजकता रोक्न विशेष सक्रियता देखाइरहेको छ ।

यसअघि विभिन्न युट्युब च्यानल, फेसबुक पेजलाई तथ्यपूर्ण र सन्तलित सामाग्री दिन विशेष अपिल जारी गरेको थियो भने अटेर गर्नेमाथि कारवाहीसमेत गरेको छ ।

अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको परिचय दिई सूचना सामाग्री दिने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताको सीमामा बस्नुपर्ने बताए ।

‘कानुनभन्दा माथि कोही छैन । अन्य निकायलाई प्रश्न उठाउने कुनै पनि सञ्चारमाध्यम, मिडियाको परिचय बोकेका सामाजिक सञ्जाल गैरजिम्मेवार र अनुत्तरदायी हुनुहुँदैन । प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता हुँदै होइन,’अध्यक्ष बस्नेतले भने ।

कारबाहीमा परेका युट्युब च्यानल

लेकाली खबर
खबर बुलेटिन टीभी
न्युज इन नेपाल
रातोपर्दा टीभी
योहो टेलिभिजन एचडी
पूर्वी गर्जन मिडिया
गुन्द्रुक न्युज
सगरमाथा पाना
नेपाल लाइभ एचडी

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ६ : ५९ बजे

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग