ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी « Khabarhub

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर एन्ड मेडिसियड सर्भिसको प्रशासनिक जिम्मेवारी सुम्पेका छन्। १५० मिलियन भन्दा बढी अमेरिकीको स्वास्थ्य बिमा सम्बन्धी काम यो संस्थाले हेर्ने गर्छ।

ट्रम्पले ओजप्रतिको विश्वास व्यक्त गर्दै अमेरिकालाई फेरि स्वास्थ्य बनाउन ओजको अनुभव र ज्ञान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।सन् २०२२ मा ट्रम्पलाई साथ दिएका मुटु सम्बन्ध सर्जन ओज पेनेसेल्भिनियाको सिनेटको निर्वाचनमा पराजित भएका थिए।

सन् २०१८ मा ट्रम्पले उनलाई खेलकुद, न्युट्रेसन र फिटनेसका लागि राष्ट्रपतीय काउन्सिलमा मनोनयन गरेका थिए। सन् २०२० मा उनलाई सोही पदमा चयन गरेका थिए। कोभिड–१९ महामारीको समयमा भने उनी विवादमा आएका थिए। सुरुवाती दिनमा कुनै वैज्ञानिक प्रमाणबिना नै कोभिडका बिमारीका लागि मलेरियाको औषधी प्रयोग गर्ने नीति उनकै थियो। सो समयमा धेरै रिपब्लिकले पनि उनलाई साथ दिएका थिए।

कुनै समय बाराक ओबामाको स्वास्थ्य नीति ओबामा केयरको वकालत गरेका उनी अहिले त्यो भन्दा राम्रो स्वास्थ्य नीतिको पक्षमा छन्। अहिले पनि उनी सबैले अपनाउन सक्ने राम्रो स्वास्थ्य नीतिको पक्षमा छन्। ओजले दुई प्रमुख स्वास्थ्य कार्यक्रमको निगरानी राख्ने गर्छन्। पहिलो कार्यक्रम मेडिकेयर र दोस्रो मेडिकेड। यसले नै धेरै अमेरिकीलाई समेट्ने अपेक्षा गरिएको छ।

ओबामाकेयर प्रिमियर सब्सीडिज अर्को वर्ष सकिँदै छ। यसै समयका लागि अहिले नै नयाँ र त्यो भन्दा राम्रो परियोजना तयार पार्ने जिम्मेवारी ट्रम्पले पाएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : ०७ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने