ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी « Khabarhub

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर एन्ड मेडिसियड सर्भिसको प्रशासनिक जिम्मेवारी सुम्पेका छन्। १५० मिलियन भन्दा बढी अमेरिकीको स्वास्थ्य बिमा सम्बन्धी काम यो संस्थाले हेर्ने गर्छ।

ट्रम्पले ओजप्रतिको विश्वास व्यक्त गर्दै अमेरिकालाई फेरि स्वास्थ्य बनाउन ओजको अनुभव र ज्ञान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।सन् २०२२ मा ट्रम्पलाई साथ दिएका मुटु सम्बन्ध सर्जन ओज पेनेसेल्भिनियाको सिनेटको निर्वाचनमा पराजित भएका थिए।

सन् २०१८ मा ट्रम्पले उनलाई खेलकुद, न्युट्रेसन र फिटनेसका लागि राष्ट्रपतीय काउन्सिलमा मनोनयन गरेका थिए। सन् २०२० मा उनलाई सोही पदमा चयन गरेका थिए। कोभिड–१९ महामारीको समयमा भने उनी विवादमा आएका थिए। सुरुवाती दिनमा कुनै वैज्ञानिक प्रमाणबिना नै कोभिडका बिमारीका लागि मलेरियाको औषधी प्रयोग गर्ने नीति उनकै थियो। सो समयमा धेरै रिपब्लिकले पनि उनलाई साथ दिएका थिए।

कुनै समय बाराक ओबामाको स्वास्थ्य नीति ओबामा केयरको वकालत गरेका उनी अहिले त्यो भन्दा राम्रो स्वास्थ्य नीतिको पक्षमा छन्। अहिले पनि उनी सबैले अपनाउन सक्ने राम्रो स्वास्थ्य नीतिको पक्षमा छन्। ओजले दुई प्रमुख स्वास्थ्य कार्यक्रमको निगरानी राख्ने गर्छन्। पहिलो कार्यक्रम मेडिकेयर र दोस्रो मेडिकेड। यसले नै धेरै अमेरिकीलाई समेट्ने अपेक्षा गरिएको छ।

ओबामाकेयर प्रिमियर सब्सीडिज अर्को वर्ष सकिँदै छ। यसै समयका लागि अहिले नै नयाँ र त्यो भन्दा राम्रो परियोजना तयार पार्ने जिम्मेवारी ट्रम्पले पाएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : ०७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं