कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ « Khabarhub

कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिक महिनामा ३५ लाख रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा १० लाख रुपैयाँ कम हो ।

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । असोज महिनामा बडादशैँ परेको थियो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ । जसअन्तर्गत कात्तिकमा ३५ लाख भेटी र अन्य आम्दानी हुँदा १६ लाख रुपैयाँ खर्च भएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

कात्तिकमा ३५ लाख तीन हजार तीन सय ३२ आम्दानी भएको र १६ लाख १५ हजार खर्च भएको छ भने १८ लाख ८८ हजार तीन सय ३२ बचत भएको खड्काले बताए ।

आम्दानीमा भक्तजनले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार पाँच सय ८५, चामल बिक्रीबाट ८० हजार पाँच सय, बोकाबाट ६१ हजार सात सय ५०, कुखुराबाट चार हजार आठ सय, राँगोबाट एक हजार आठ सय, सटर भाडा  तीन लाख १४ हजार पाँच सय ४०, विवाहबाट एक हजार, आर्थिक सहयोग एक लाख २० हजार सात सय सात, परेवा बिक्रीबाट छ लाख ७० हजार सात सय ५० व्रतबन्धबाट छ सय, पण्डितबाट ११ हजार चार सय आम्दानी भएको अध्यक्ष खड्काले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समिति अन्तर्गत कात्तिकमा १६ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । खर्च अन्तर्गत कर्मचारीको तलबमा चार लाख आठ हजार पाँच सय, बिजुलीमा ५० हजार, अतिथि सत्कारमा एक लाख ५५ हजार, उपहारमा एक लाख, पूर्वाधार विकासमा छ लाख १० हजार नौ सय, पोसाकमा २६ हजार, खाद्यान्न र आवासमा ८५ हजार पाँच सय, विज्ञापनतर्फ १८ हजार पाँच सय, सांस्कृतिक कार्यक्रममा एक लाख ६० हजार छ सय रुपैयाँ खर्च भएको कालिका गुठीका कुमार खड्काले बताए ।

पछिल्लो समय मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढेको छ । दशैँयता मुक्तिनाथ जाने, ढोरपाटन जाने पर्यटक कालिका मन्दिर आउँदा मन्दिरमा दैनिकजसो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : २६ बजे

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको

संसद्‍मा जुहारी : सरकारको गतिविधिलाई प्रतिपक्षीले दिए मण्डलेको संज्ञा, रास्वपाले सांसदले मागे प्रमाण

काठमाडौं- संसद्‌को मंगलबार बसेको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको

आज देश संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ : अमरेश सिँह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेकुमार सिंहले देश संकटमा रहेको