नेपाल प्रिमियर लिगसँग जोडियो नेपाल टेलिकम « Khabarhub

नेपाल प्रिमियर लिगसँग जोडियो नेपाल टेलिकम


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यहि मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार टेलिकमको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको पार्टनरको रूपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्स मार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताइन् ।

उनले एनपीएल २०८१ मार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताको लागि शुभकामना पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १२ : ५४ बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका