राष्ट्र बैंकले भन्यो– एटिएमबाट तपाईंहरुको पैसा हराएको छैन « Khabarhub

राष्ट्र बैंकले भन्यो– एटिएमबाट तपाईंहरुको पैसा हराएको छैन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार बाहिर आएपछि आतंकित बनेका सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले नआत्तिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले कुनै पनि खाताबाट रकम नझिएिको बताउँदै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएम सिस्टममा समस्या आएको जानकारी दिँदै एटिएमबाट पैसा निकाल्न नमिलेको बताए । उनले भने, ‘कुनै पनि बैंकको व्यक्तिगत खाताबाट गैह्रकानुनी रुपमा पैसा निकालिएको छैन ।’

ह्याकरले एटिएमको पैसा झिके पनि व्यक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे । एक दर्जनभन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्ट्रोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याबारे छलफल भइरहेको छ । सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन् । प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो । यद्यपी, यसको आधिकारी पुष्टि भने भएको छैन ।

यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ४५ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती