९ अंकले बढ्यो नेप्से, कारोबारमा गिरावट | Khabarhub Khabarhub

९ अंकले बढ्यो नेप्से, कारोबारमा गिरावट


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०९ अंकले बढेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेर २७११.७५ विन्दुमा पुगेको हो  ।

नेप्से बढ्दा कारोबार भने घटेको छ । ७ अर्ब ९ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर कारोबार भएको छ । 

१४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२३ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ३०३ पटक शेयर किनबेच भएको छ । ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 

१३ समूहमध्ये ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ३.३८ प्रतिशतले बढेर ५ हजार ७०२.२४ विन्दुमा पुगेको छ । 

त्यस्तै, फाइनान्स १.६६ प्रतिशतले, होटल तथा पर्यटन ०.४५ प्रतिशतले, हाइड्रो १.२८ प्रतिशतले, लगानी ०.२० प्रतिशतले, लघुवित्त ०.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.३८ प्रतिशतले र ट्रेडिङ समूह ०.२७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ०.२६ प्रतिशतले घटेर १ हजार ५०३.३० विन्दुमा आएको छ । साथै, जीवन बीमा ०.१८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.०० प्रतिशत ०.२१ अंकले, निर्जीवन बीमा ०.२१ प्रतिशतले र अन्य समूह ०.०७ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : १९ बजे

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल