शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति | Khabarhub Khabarhub

शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन् ।

उनले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गरे । 

उनले भने–‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धूमिल बनाउने अवस्था आउन दिन हुँदैछ । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग संझौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङ्ग्रहणीय सामग्री हुने स्पष्ट पारे । 

उनले महेन्द्रनारायण निधि बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उनले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरे। 

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ४ : ०६ बजे

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का

गण्डकीमा राइड सेयरिङ नरोक्न अन्तरिम आदेश

पोखरा – गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने

योजना आयोगका उपाध्यक्ष भन्छन्‌ : बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य जोखिममा पर्‍यो

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बाह्य

‘इजरायलले सहायता कुरिरहेका २१ जनाको हत्या गर्‍यो’

एजेन्सी – गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार