जहाज दुर्घटना प्रकरण : किर्ते गरेको भन्दै सौर्य व्यवस्थापनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी « Khabarhub

जहाज दुर्घटना प्रकरण : किर्ते गरेको भन्दै सौर्य व्यवस्थापनविरुद्ध प्रधानमन्त्रीकहाँ उजुरी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जहाज दुर्घटनामा ज्यान गुमाएकी छोरीको हस्ताक्षर किर्ते गरे‍को भन्दै सौर्य एयरलाइन्सको व्यवस्थापनलाई कारवाही गर्न मागसहित पीडित परिवारले बुधबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरि नक्कली कागज बनाएर एयरलाइन्स व्यवस्थापनले गम्भीर अपराध गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालमा ४०६० नम्बरमा दर्ता भएको उजुरीमा व्यापारिक स्वार्थका लागि एयरलाइन्स व्यवस्थापन पक्षले गैरकानुनी रुपमा १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरीको हस्ताक्षर किर्ते गरेको उल्लेख छ । सौर्यले त्यहाँ कार्यरत नै नरहेकी प्रिजालाई कर्मचारी पुष्टि गर्न किर्ते गरेर पीडित परिवारको आत्मसम्मान र स्वाभिमानमा ठेस पुर्‍याएको उजुरीमा उल्लेख छ ।

उजुरीमा जाहाज दुर्घटना छानबिन गर्न गठित सरकारी आयोग गठन गर्दा कानूनविपरीत योग्यता नै नपुगेकालाई सदस्य बनाइएको पनि दाबी गरिएको छ ।

उक्त जहाज दुर्घटनाबारे आयोगले नियोजित प्रतिवेदन तयार गरेको आरोप पनि उजुरीमा लगाइएको छ । उक्त प्रतिवेदनको पुन:परीक्षण गर्न संवैधानिक आयोग गठन गर्न उजुरीमा माग गरिएको छ ।

‘सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापन पक्षको लापरवाही, प्राबिधिक त्रुटि र मानवीय कमजारी भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रतिवेदनलेसमेत पुष्टि गरेको छ’, उजुरीमा भनिएको छ ।

१८ जनाको ज्यान जाने गरि भएको उक्त घटनाका मुख्य दोषी वायुसेवा कम्पनी र व्यवस्थापन पक्ष लगायत सबै दोषीलाई कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन उजुरीमा माग गरिएको छ ।

गत साउन ९ गते मर्मतका लागि पोखरातर्फ उड्नेबित्तिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा छोरी,ज्वाइँ र नाबालक नाति गुमाएका पत्रकार खतिवडाले गैरकानुनी उडानमा आफूले तीन सन्तति गुमाउनु परेको दुखेसो गरे। निधनपछि पनि छोरीलाई भ्रष्ट सावित गर्न खोजेर एयरलाइन्स व्यवस्थापन पक्षले गम्भीर अपराध गरेको आरोप उनले लगाए ।

‘प्रधानमन्त्रीको हस्ताक्षर किर्ते गर्नेलाई पक्राउ गरेर कारवाही हुने तर गम्भीर अपराध गर्ने सौर्य व्यवस्थापनलाई पक्राउ गरेर कारबाही गर्न कुन कानुनले छेकेको छ ?’ खातिवडाले प्रश्न गरे । उनले बुधबारै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमासमेत उजुरी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ६ : १४ बजे

शुक्लाफाँटामा जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास बनेन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनः स्थापनाका लागि

ईश्वर पक्षको विमतिबीच एमालेको विधान संशोधन, पदाधिकारी १९, केन्द्रीय कमिटी ३०१ सदस्यीय  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गरेका

अष्टलक्ष्मी र सुरेन्द्रको प्रस्ताव : ७० वर्षे र दुई कार्यकाल लागू गरौँ, ओलीसहित हामी सबै वृद्ध हौँ

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशन अगाडि बसेको केन्द्रीय कमिटी बैठकमा

एमालेको ११औँ महाधिवेशन : अष्टलक्ष्मी शाक्यको फरक मत, विधान संशोधनको कडा विरोध

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ

याङ्गो राइडद्वारा आफ्नो एपभित्र नयाँ सुरक्षा सुविधा सार्वजनिक

काठमाडौं– विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा नयाँ सुरक्षा