बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय « Khabarhub

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ ।

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए ।

वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ ।

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ । बाढीबाट ६ अर्बको क्षति भएको मन्त्रालयको अनुमान छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ११ : ४१ बजे

काठमाडौं उपत्यकाका नदीमा बढ्दो फोहोरको समस्या (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाका नदीमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ

बूढानीलकण्ठ नगर अस्पताल : आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै 

काठमाडौं– बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन

‘अण्डा’को लागत मूल्य बढ्यो

चितवन– अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री

पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा