कुखुरामा गम्बोरो रोगको समस्या « Khabarhub

कुखुरामा गम्बोरो रोगको समस्या


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

चितवनव्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गम्बारो रोगको समस्या लिएर किसानहरू आउनेको सङ्ख्या बढेको छ ।

कार्यालयका सूचना अधिकारी इन्दु राय यादवका अनुसार दैनिक १२ देखि १५ वटा कुखुराको परीक्षणका क्रममा ४-५ वटामा गम्बोरो रोगको सङ्क्रमण भेटिने गरेको छ । 

उनले भने, ‘यो रोग तीव्र गतिमा सर्ने रोग हो । यसलाई इन्फेक्सियस बर्सल डिजिज भन्ने गरिन्छ ।’

कुखुरामा यो रोग देखिएमा कुखुराहरू झोक्राउने र मर्ने गर्छन् । यस्तै शरीर काप्ने, प्वाँख गुजमुजिए जस्तो हुने, श्वास बढ्ने, दानापानी नखाने, सेतो पहेंलो छेर्ने, ज्वरो आउने लम्पसार पर्ने जस्ता लक्षणहरु देखिने यादवले जानकारी दिए। उनका अनुसार यो रोग लागेमा २ देखि २० प्रतिशत कुखुराहरु मर्छन् भने कहिलेकाँही ६७ प्रतिशतसम्म मर्ने गरेको पाइएको छ ।

रोग लाग्न नदिनका लागि गम्बोरोविरुद्धको खोप लगाउने, जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, इम्युनिटी पावर बढाउन कुखुरालाई भिटामिन तथा औषधिको प्रयोग गर्ने, ज्वरो कम गर्ने तथा तनाव कम गर्ने औषधिको प्रयोग गर्न सकिने उनले बताए।

कतिपय स्थानमा भ्याक्सिन लगाइ सकिएका कुखुरामा समेत यो रोगको सङ्क्रमण देखिएपछि अहिले थप अनुसन्धान विभागले गरिरहेको उनले बताए। यस रोग लाग्न नदिनका लागि खोरमा काम गर्न जानुभन्दा अघि जैविक सुरक्षाका साधनहरूको प्रयोग गर्न जरुरी रहने उनको भनाइ छ ।

कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा नौ सय २३ कुखुरामा रोगको पहिचान गरिएको यादवको भनाइ छ । उनका अनुसार कुखुरामा व्याक्टेरियल इन्फेक्सन (इ.कोलाई), साल्मोनेला रुघाखोकी लगायतको समस्या देखिएका छन् । खोरको सरसफाइ र दानापानीमा राम्रोसँग निगरानी नगर्दा यस्तो रोग लाग्ने गरेको उनको भनाइ छ । यहाँ, चितवनसहित मकवानपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङलगायतका २० जिल्लाबाट पन्छी रोगको अन्वेषणका लागि किसानहरू आउने गर्दछन् ।

वार्षिक रुपमा छ देखि आठ हजार कुखुराको पोष्टमार्टम रगत, श्वास परीक्षण तीन हजारभन्दा बढीको गरिँदै आइएको छ । एक वर्षदेखि रोकिएको कुखुराको पीसीआर परीक्षण यसै वर्षबाट पुनः सञ्चालन गरिने पनि उनले जानकारी दिए।

 उनले भने, ‘कोरोनापछि रोकिएको पन्छीको पीसीआर परीक्षण यस वर्षदेखि पुनः सुरु गरिएको छ ।’

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ५ : ५८ बजे

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय