शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त | Khabarhub Khabarhub

शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प पदमा प्रवेश गर्नु अगाडि नै विवादमा परेका छन्। उनले चयन गरेका महान्यायाधिवक्ता मार्क गेयट्जले सो पदमा नरहने निर्णय गरेपछि उनको स्थानमा पाम बोयन्डीलाई ट्रम्पले चयन गरेका हुन्।

गेयट्जमाथि यौन दुर्व्यवहार, अवैध औषधी व्यापार लगायत अनेकौँ अभियोग लागेका छन्। संसद र अमेरिकी सञ्चार क्षेत्रमा उनको विरुद्धमा आवाज उठेको थियो ।

गेयट्जले यी सबै आरोप अस्वीकार गरे पनि लगातारको दबाबका कारण पदमा नरहने निर्णय गरेका हुन्। उनले आफ्नो कारण ट्रम्प असफल हुने सम्भावना बढेका कारण सो निर्णय गरेको बताए। पूर्व सांसद उनले महान्यायाधिवक्ताको पद त्यागेका हुन्।

अमेरिकाको इतिहासमा राष्ट्रपतिले चयन गरेको व्यक्ति संसद्ले अस्वीकार गरेको विरलै घटना छन्। गेयट्ज भन्दा अघि यस किसिमका घटना २८ पटक भएका थिए।

अहिले ट्रम्पलाई अर्को समस्या पनि परेको छ। उनले रक्षा मन्त्री चयन गरेको पिटर हेगस्टेथ पनि सन् २०१७ देखि नै यौन दुर्व्यवहारको आरोप लागेको छ। हेगस्टेथले समेत सो आरोप अस्वीकार गरेका थिए।

नयाँ घोषित महान्यायाधिवक्ता बियोन्डी गएको २० वर्षदेखि अपराध नियन्त्रणको काममा सक्रिय रहेको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। बियोन्डी यसअघि पनि ट्रम्प प्रशासनमा संलग्न भएर काम गरिसकेकी कानुनकी जानकार हुन्।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ३४ बजे

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा