प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको ५ औं पटक प्लाज्मा फेरेसिस गरियो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

शरीरमा क्रियाटिनिनको मात्रा बढेपछि उपचारका लागि भदौ पाँच गते सिंगापुर गएका प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उनी सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ५ पटक प्लाज्मा फेरेसिस भइसकेको छ । अब सोमबार छैटौं पटक र बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरिने जनाइएको छ ।

बुधबार सातौं पटक प्लाज्मा फेरेसिस गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्किर्ने उनकी निजी चिकित्सक दिव्यसिंह शाहले बताइन् ।

‘प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो, अहिलेसम्म ५ पटक भइसकेको छ, ७ पटकसम्म गर्नुपर्ने हो,’ शाहले खबरहबसँग भनिन्, ‘ बुधबार ७ औं पटक प्लाज्मा फेरेसिस हुने मिति तय भएको छ । प्लाज्मा फेरेसिस सकिएपछि दुई -तीन दिनपछि नेपाल फर्किनुहुन्छ ।’

यसअघि प्रधानमन्त्री ओलीसँगै उनकी निजी चिकित्सक दिव्यसिंह शाह सिंगापुर गएकी थिइन् । उनी केही दिनअघि नेपाल फर्किएकी हुन् । अहिले प्रधानमन्त्री ओलीसँग अर्का निजी चिकित्सक डाक्टर दिलिप शर्मा सिंगापुरमा छन् ।

यसअघि प्रधानमन्त्री ओली गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार

‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ?

काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ

गण्डकी आयल निगम प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

पोखरा– नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा

संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि नेकपा माओवादी केन्द्रसहितका विपक्षी