एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा « Khabarhub

एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको सो रिट आज हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको यस रिटमा त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज बोलाइएको थियो ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा एमालेको पार्टी कार्यालय बनाउने भन्दै गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवन शिलान्यास गरेका थिए ।

सत्तारुढ दल समेत रहेको एमालेले यसरी जग्गा दान लिनु कानुनविपरित भएको भन्दा अधिवक्ता डा. ज्ञान बहादुर बस्नेत लगायतले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : १९ बजे

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद