कर्णालीका मुख्यमन्त्री भन्छन्- जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरेको छ | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्री भन्छन्- जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरेको छ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

आज जुम्लास्थित नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुनी उनीहरूको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको उल्लेख गरे ।

प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गरिरहेको उनले बताए ।

मुख्यमन्त्री कँडेलले भने, ‘योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो । योजना निर्माण र कार्यान्वयनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्याय हुनुहुँदैन ।’

जनताले चाहेका र जीवनस्तर सुधार गर्नसक्ने योजना मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ । ‘विकास निर्माणलाई मात्र होइन, सुशासन र पारदर्शीताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ’, उनले भने ।

कर्णाली प्रदेशको विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनालाई जनताको आवश्यकतासँग समाहित गराउने नीति प्रदेश सरकारले अवलम्बन गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ३० बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले