कम्बोडियामा लगानीबारे ओलीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू « Khabarhub

कम्बोडियामा लगानीबारे ओलीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् ।

एमालेका उपत्यकास्थित तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै आफूलाई आरोप लगाउनेहरूलाई कम्बोडिया गएर खोज्न चुनौती दिएका हुन् ।

‘भन्नलाई त भने भयो, अमेरिकी बैंकमा आधा लगानी मेरै छ । हल्ला चलाउनेहरूलाई सुझाव छ, कम्बोडियामा जहाज चढेर ४ घण्टामा पुगिन्छ । यहाँबाट बैंकक गएपछि, त्यहाँबाट ४५ मिनेटमा कम्बोडियामा पुगिन्छ । त्यहीँको लगानी पनि थाहा हुँदैन र ? आरोप लगाउनेले त्यहीँ गएर खोजी गरून् ।’

ओलीले केही मान्छेले हात्तीको बथानमा गएर नाङ्लो ठटाउने शैलीमा एमालेलाई जिस्काइरहेको बताए । ‘एमाले हात्तीको बथान हो, कसैले नाङ्लो ठटाउने कोसिस नगरे हुन्छ । एमाले अहिले एकतावद्ध छ’, उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : ३१ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर