अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे. १ ख ४१५९ नम्बरको बसमा सवार बाँके कोहलपुर नगरपालिका-१४ बस्ने २४ वर्षीय बिमल तामाङलाई १ ग्राम ५ सय मिलिग्राम तथा इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१ ०१-००१ ख ४४८८  नम्बरको बसमा सवार झापा भद्रपुर गाउँपालिका-९ बस्ने २७ वर्षीय सञ्जय सुब्बा र २९ वर्षीय उज्ज्वल राईलाई २ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

त्यसतै, कैलालीको धनगढी उपमहानगरपालिका-३ रोड हाउस क्याफे नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी पर्साको वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ग्रामसहित भारत गोपालगंज अम्पुरा घर भएका ६५ वर्षीय गोपाल महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ४ : ०८ बजे

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रिया : स्थिति नजिकबाट निगरानीमा

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’

साताको कार्टुन : हर्क राजनीति

यो कार्टुनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रास्वपाका

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा– स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि