हिरासतबाट रविको चिन्ता : रास्वपाभित्रको एकता तलमाथि हुनु भएन | Khabarhub Khabarhub

हिरासतबाट रविको चिन्ता : रास्वपाभित्रको एकता तलमाथि हुनु भएन


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोधस्वरुप पक्राउ गरेको दाबी गरेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भेट्न आइपुगेका रास्वपा सांसद विराजभक्त श्रेष्ठसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मैले केही भन्नै परे पहिला पहिला बोल्नुपर्‍थ्यो, अहिले त मलाई के लागि पक्राउ गरेको जनताले बुझिसके’, रविको भनाइ उद्धृत गर्दै विराजभक्तले भने, ‘देशले परिवर्तन खोजेको छ, परिवर्तन खोज्ने यो शक्ति ठूलो हुन्छ । यो हाम्रो पार्टीको मात्रै कुरा होइन । देशमा विकल्प खोजेको शक्ति ठूलो हुन्छ ।’

रविले विराजभक्तसँगको भेटका क्रममा पार्टीभित्रको युनिटी (एकता) बलियो बनाइराख्न पनि भनेका छन् । ‘उहाँ (रवि) को मनोबल उच्च छ । किताबहरू पढिरहनु भएको छ’, विराजभक्तले भने, ‘बरु हामीलाई तनाव लिने कुरा छैन, पार्टीभित्र युनिटी (एकता) बचाइराख्न भन्नु भएको छ ।’

रविले अहिले पुस्तकहरू पढिरहेको बताउँदै आफूले कुनै किसिमको तनाव उनको मुहारमा नदेखेको दाबी विराजभक्तले गरेका छन् ।

फरक प्रसंगमा सांसद विराजभक्तले सडकमा आएर विपक्षी दलको नेताले जस्तो प्रधानमन्त्रीले सम्बोधन गर्नुलाई हाँस्यास्पद भनेका छन् ।

‘यो साह्रै विचित्र दृश्य देखियो । गठबन्धन टिकाउन कार्यकर्ता सडकमा उतारिएको हो । कांग्रेसलाई हेर् है भनेर देखाउन खोजेको हो’, पोखरामा उनले भने, ‘संसारमा कहीँ पनि यस्तो विचित्र दृश्य देख्न पाइँदैन । जनतालाई नतिजा दिन नसकेपछि प्रधानमन्त्री नै सडकमा निस्किएको देख्दा विचित्र लाग्यो ।’

उनले कात्तिक २ गते सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेपछि थालिएको रास्वपाको आन्दोलनलाई स्वभाविक भने ।‘देशले नै आशाले हेरेको व्यक्तिलाई थुनिसकेपछि हामीले खबरदारी गरेका हौँ’, उनले भने, ‘अब त हाम्रो आन्दोलन एक अभियान भएको छ। अब हामी एक अभियानमा गइसकेका छौँ ।’

कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध सहकारी ठगीसम्बनधी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सरकारले चलाउने गरी बयान लिइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ३९ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर

काठमाडौं- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ : मन्त्री पौडेल

काठमाडौं– औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या

प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका

हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर छात्राको मृत्यु

तनहुँ– जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक छात्राको मृत्यु

जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला

बुटवल– बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरूलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले