भारतीय सेनाध्यक्ष द्विवेदीले भेटे प्रधानमन्त्री ओलीलाई « Khabarhub

भारतीय सेनाध्यक्ष द्विवेदीले भेटे प्रधानमन्त्री ओलीलाई


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शुक्रबार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी जनाए ।

उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्व महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताए । उनले दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास दिलाए।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत थिए ।

स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ४६ बजे

एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली 

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औँ राष्ट्रिय

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल