महोत्तरीमा उत्कृष्ट करदाताको रूपमा भण्डारी दोस्रो पटक सम्मानित « Khabarhub

महोत्तरीमा उत्कृष्ट करदाताको रूपमा भण्डारी दोस्रो पटक सम्मानित


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा नै सबैभन्दा बढी कर तिरेबापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन् ।

मापदण्डमा आधारित भएर राज्यलाई सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो । अघिल्लो आर्थिक वर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमानदारिता हरेकमा हुनुपर्ने बताउँदै करमा सबैले इमानदारिता देखाउनु पर्ने धारणा राखे । तर राज्यलाई तिरेको कर सरकारले व्यावसायिक हकहितको लागि प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

बर्दिबासमा सञ्चालित रक्षा टेडर्स एण्ड सप्लायर्सको माध्यमबाट उत्कृष्ट कारोबार गर्दै कर प्रति भण्डारीले देखाएको इमानदारिता अनुकरणीय भएको कर कार्यालय प्रमुख आनन्द गुप्ताले बताए । ‘एउटा व्यापारी  लगातार उत्कृष्ट करदाताकोरुपमा सम्मानित हुनु निक्कै ठुलो विषय हो ।’ प्रमुख गुप्ताले भने । ‘अन्य व्यापारीहरूले पनि व्यावसायिक इमानदारिता र राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्ने पर्छ ।’

रक्षा टेडर्सले आर्थिक वर्ष २०७९/८० मा मात्र भण्डारीले १७ करोड भन्दा बढी कारोबार गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ३६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।