केराखेतीबाट वार्षिक १० लाख आम्दानी « Khabarhub

केराखेतीबाट वार्षिक १० लाख आम्दानी


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् । 

राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले हाल १७ बिघामा खेती विस्तार गरेका छन् । 

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए। अहिले केराखेतीबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए।    

‘केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु’, रानाले भने, ‘वार्षिक २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक १० लाखसम्म आम्दानी हुन्छ ।’  केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए।

कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछी उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए। 

कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे। उनले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए। खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ । 

उनले पछिल्लो समय विषादी छर्किंदा किसानहरूको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे।  

रानाले दुई जनालाई मासिक तलबमा कामदार राखेका छन् भने खेतीको सिजनको बेला ३०-४० जनालाई रोजगारी दिने गरेको बताए । उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ७ : ५२ बजे

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत