गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु « Khabarhub

गुगल म्यापको भर पर्दा बन्दै गरेको पुलबाट नदीमा खस्यो कार, तीनजनाको मृत्यु


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

लखनउ- भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति अनौठो घटना भएको छ । उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा दर्दनाक घटना भएको हो ।

यहाँस्थित रामगंगा नदीमा फरिदपुर-बदायु्ंको दातागञ्जलाई जोड्ने अधुरे निर्माणधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको हो ।

अधुरो पुलबाट कार खस्दा त्यसमा सवार तीनजनाको घटनास्थलमै ज्यान गएको छ ।

समाचार अनुसार उक्त कारमा सवार यात्रुहरू गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहेका थिए । उनीहरूलाई उक्त अधुरो पुलबारे जानकारी थिएन।

तीव्र गतिमा रहेको उक्त कार अधुरो पुलबाट सिधै तल नदीमा खसेको पाइएको छ । तीव्र गति भएकैले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तीव्र गतिमा रहेको कार जब अधुरो पुलको भाग सकिने स्थानमा पुग्यो, तब २५ फिट तलको रामगंगा नदीमा गएर बजारियो । त्यसक्रममा कारमा सवार चालकसहित सबै तीनजनाको घटनास्थलमै मृत्यु भएको एबीपी न्यूजले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : २८ बजे

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक