तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको मन्त्री राईको जोड « Khabarhub

तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको मन्त्री राईको जोड


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको १८औँ वार्षिक साधारणसभा तथा १२औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबीच सहकार्य हुनु आवश्यक छ, तीनवटै तहका सरकारबीचको समन्वय र सहकार्यले मात्रै नेपाली जनताले चाहेको विकास र समृद्धि सम्भव हुनेछ ।”

बाँकेको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै उनले कोहलपुरदेखि जमुनाहसम्मको क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन योजना बनाइएको जानकारी गराए । कोहलपुर विकासोन्मुख शहर भएकाले ठूला–ठूला र व्यवस्थित भौतिक पूर्वाधार निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री राईले अब भाषणभन्दा पनि काम गरेर देखाउने व्यक्तिलाई मात्र जनताले पत्याउने बताए ।

पुस्तकालयको विकासका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिँदै पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण योगदान रहेको उनले बताए । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले पठन संस्कृतिको विकास हुनु आवश्यक रहेको बताउँदै स्थानीय सरकारले कोहलपुरको शैक्षिक विकासका लागि विशेष पहल गर्ने बताए ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सुमनले सामुदायिक पुस्तकालय सङ्घले ज्ञानोदय पुस्तकालयलाई पश्चिम क्षेत्रकै व्यवस्थित पुस्तकालयका रुपमा लिएकाले यसको विकास र समृद्धिका लागि स्थानीय सरकारले विशेष जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : १६ बजे

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर

दश ओलम्पियन खेलाडी सम्मानित

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कर्णाली– डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि