धितोपत्र बोर्डको अध्यक्षका लागि बाँकी दुई जनाको अन्तर्वार्ता सम्पन्न « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षका लागि बाँकी दुई जनाको अन्तर्वार्ता सम्पन्न


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आइतबार बाँकी रहेका दुई जनाको अन्तर्वार्ता सम्पन्न भएको छ । तर, यो पटकको अन्तर्वार्तामा पनि दुई जना मात्र उपस्थिति भएका थिए ।

अर्थ मन्त्रालयका अनुसार बोर्डको अध्यक्षको लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आइतबार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण दिएका छन् ।

बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ भने आज भएको अन्तर्वार्तामा अनुपस्थिति भएका छन् । बोर्डको अध्यक्षको दाबेदार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अगाडि नै अन्तर्वार्ता दिइसकेका छन् ।

योसँगै अन्तर्वार्ता दिने ४ जना पुगेको छ । अर्थ मन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष बनाउने प्रक्रिया रहेको छ । अधिकारी र कार्की बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिएसँगै अध्यक्षको प्रक्रिया अगाडि बढेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : २५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको