बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे | Khabarhub Khabarhub

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताएका छन् ।

भक्तपुरको गट्ठाघरमा कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन लुम्बिनीले संयुक्त रुपमा आज आयोजना गरेको ‘भगवान् बुद्धलाई कसरी चिन्ने ?’ विषयक ‘बुद्ध दर्शन सम्बन्धित एकदिवसीय अन्तर्राष्ट्रिय धम्म सम्मेलन’को उद्घाटन गर्दै मन्त्री पाण्डेले बुद्धले छरेका ज्ञानको माध्यमबाट विश्वभरि शान्ति स्थापना गर्न र हामी एउटै भाइकुटुम्ब हौँ भन्ने बुझ्न सकिने उल्लेख गरे ।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई गहिराइमा बुझेर त्यसको ज्ञानलाई व्यावहारिकरुपमा उपयोग गर्नुपर्ने बताए । बुद्ध नेपालमा जन्मेकामा गर्व गर्ने तर बुद्धको ज्ञानको अनुशरण नगर्ने हुँदा यसको अर्थ नरहने उल्लेख गर्दै उनले बुद्धको ज्ञानको अनुशरण गर्ने र शान्तिको सन्देश फैलाउने कार्य नेपालबाट हुनुपर्ने बताए ।

नेपाल आध्यात्मिक क्षेत्र भएको र यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक धरातललाई अनुभूति गरेर फर्कन मन्त्री पाण्डेले सहभागीलाई आग्रह गरे। “बुद्धत्वसँगै यहाँको सनातन धर्मका बारेमा बुझेर फर्कन आग्रह गर्छु”, उनले भने ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ९ : १९ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई