हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री माल्दिभ्स प्रस्थान « Khabarhub

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री माल्दिभ्स प्रस्थान


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

भदौ १७ र १८ गते मालदिभ्समा सो सम्मेलन हुँदै५ ।  ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवम् अपरम्पारिक चुनौती’ विषयक उक्त सम्मेलनमा ४० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख, विदेशमन्त्री, अन्य मन्त्री, कूटनीतिक व्यक्तित्व र विद्वत्वर्ग सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनलाई मन्त्री ज्ञवालीले भदौ १७ गते सम्बोधन गर्ने कार्यक्रम छ । मालदिभ्स भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल र शाखा अधिकृत जीतबहादुर कार्की सहभागी छन्। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल भदौ १९ गते स्वदेश फर्कने छ ।

मालदिभ्स सरकारसँगको सहकार्यमा इण्डिया फाउण्डेशन र सिङ्गापुरस्थित ‘एस राजरत्नम् स्कूल अफ इन्टरनेशनल स्टडिज्’ले उक्त सम्मेलन आयोजना गरेको हो । हिन्द महासागर क्षेत्रमा क्षेत्रीय शान्ति र मानव सुरक्षाका चुनौतीलाई परस्पर सम्मान, समानता र अन्तर्राष्ट्रिय कानूनअनुसार बहुपक्षीय सहयोगको सुदृढ माध्यमबाट सामना गर्न आवश्यक पर्ने संरचनागत खाका तयार पार्ने अवसरका रुपमा सम्मेलन उपयोगी हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रविधिको क्षेत्रमा द्रुतगतिमा भएको विकास र त्यसले सृजना गरेका विघ्नबाधा तथा विश्वव्यवस्थालाई स्थिर तुल्याइराख्न हिन्द महासागर भेगका सुरक्षा चुनौतीबारे सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।

आतङ्कवादको निरन्तर छायामा परेको यो क्षेत्रको भूराजनीति र व्यापार, भूमण्डलीय तापक्रम वृद्धिले समुन्द्र सतहमा भएको बढोत्तरी, समुद्री पर्यावरण, सामुद्रिक स्रोतको उपयोग, समुद्री यात्राको सुरक्षा, समुद्री आतङ्कवाद, जलमार्ग पहिल्याउने स्वतन्त्रता, जलयात्राका प्राकृतिक र मानव सृजित विपत्ति तथा समुद्री डकैतीलगायत विषयमा सहभागीले आ–आफ्ना अभिमत प्रकट गर्ने सम्मेलन आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १० : ३० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल