अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं : स्वास्थ्यमन्त्री « Khabarhub

अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं : स्वास्थ्यमन्त्री


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरूको समीक्षा गरिएको थियो ।

समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरूसँग आग्रह गरे । 

पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैले समीक्षा गरौं, उनले भने, स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं । मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसेकम भार पर्ने गरी काम गरिएको बताए ।

‘पपुलिस्ट हुन निर्णय गरेका हैनौँ,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरे ।
‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’

मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरूको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।

देशको आर्थिक अवस्था हेरेर धेरै दरबन्दी थप्न सकिने अवस्था नरहेकोतर्फ ध्यान दिन आग्रह गर्द मन्त्री पौडेलले भने, ‘थप गर्न नसकिने अवस्थामा न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गरौँ । त्यस्तो अवस्थामा आवश्यक न्यूनतम जनशक्ति उपलब्ध हुनेछ ।’

मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई भनेका छन् । अर्थ, कानून भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन, उनले भने, सरकारी कामको यो रवैया हुनु भएन ।

मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएको कुराले केही सुधार भैरहेको संकेत गरेको पनि बताए ।

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : २० बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई