निःशुल्क हुन सकेन सरकारी शिक्षा, गैरकानूनी रुपमा पैसा उठाउँदै सामुदायिक विद्यालय | Khabarhub Khabarhub

निःशुल्क हुन सकेन सरकारी शिक्षा, गैरकानूनी रुपमा पैसा उठाउँदै सामुदायिक विद्यालय


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ ।

दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने गरेको बताए । “हामीले परीक्षा शुल्कसहित प्रत्येक विद्यार्थीबाट रु ५० देखि १२० सम्म लिने गरेका छौँ”, उनले भने ।

त्यस्तै दङ्गीशरण–३ स्थित मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनालले कक्षा ६ देखि माथिका विद्यार्थीबाट रु ६० देखि १०० सम्म परीक्षा शुल्क लिने गरेको बताए । यी त उदाहरण मात्रै हुन्, दाङका अधिकांश विद्यालयले अहिले विद्यार्थीबाट विभिन्न बहानामा रकम उठाइरहेका छन् । यो गैरकानूनी हो ।

विद्यार्थीबाट उठाएको उक्त रकमले विद्यार्थीको परीक्षामा आवश्यक पर्ने कपी, पेपरलगायतमा खर्च हुने गरेको प्रावि कौवाघारीका प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए । “विद्यार्थीबाट सङ्कलन भएको यो रकम हामीले परीक्षाकै लागि खर्च गर्छौँ”, उहाँले भन्नुभयो, “यो रकम अन्य कुनै स्रोतबाट पूर्ति हुन्छ भने हामीले यो पनि लिदैनौँ”, विद्यार्थीबाट लिइने यो शुल्क ‘इलिगल’ भए पनि बाध्यता भएको शिक्षकहरुको भनाइ छ ।

अहिले अधिकांस विद्यालयले मार्कसिटको समेत पैसा लिने गरेको प्रअहरुले बताएका छन् । केही विद्यालयले निजी स्रोतका शिक्षकहरुका लागि वार्षिक रु ५०० सम्म शुल्क उठाउने गरेका छन् ।

अर्कोतर्फ अहिले गाउँपालिकामा निजी स्रोतका शिक्षक विद्यालयले आफैं मनोमानी ढङ्गले भर्ना गरेको र ती शिक्षकलाई तलब खुवाउन नसकेको भनी गुनासो आउने गरेको छ ।

दङ्गीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले अहिले दङ्गीशरण गाउँपालिकामा रहेका विद्यालय मर्ज गर्नुपर्ने बताए । साथै विद्यार्थीलाई टाढा हुने अवस्था आएमा बस किन्न सकिने तर धेरै विद्यालय हुँदा समस्या भएको उनको भनाइ छ ।

दाङमा ८२ प्रतिशतले शुल्क तिर्नुपर्छ

दाङमा ८२ प्रतिशत अभिभावकले सामुदायिक विद्यालयमा शुल्क तिर्ने गरेको तथ्याङ्क छ । नेपाल इभालुएसन एण्ड एस्एसमेन्ट टिमले दाङको दङ्गीशरण र शान्तिनगर गाउँपालिकामा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । साथै ७७ प्रतिशतले भर्ना शुल्क, ९८ प्रतिशतले परीक्षा शुल्क तिर्ने गरेको तथ्याङ्क रहेको छ भने १० प्रतिशतले प्रत्यक्ष निजी शिक्षकको तलबका लागि तिर्ने गरेको तथ्याङ्क छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५४ बजे

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दललाई दुईतिहाइ बहुमत

काठमाडौं – श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ वाम दल

‘भ्यालेन्टाइन डे’मा अनमोल र दयाहाङ भिड्ने, आँचललाई सकस

काठमाडौं- आगामी फागुन २ गते ‘भ्यालेन्टाइन डे’को अवसरमा दुई चर्चित

जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकता : वनमन्त्री शाही

बाकु–  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च

प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा

सुदूरपश्चिम– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको

‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो

काठमाडौं- कलाकार माओत्से गुरुङ अभिनित फिल्म ‘अग्निदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा