कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक « Khabarhub

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्जलाई निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको छ ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको वित्तीय अवस्था समस्या उन्मुख देखिएको भन्दै थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाइएको जनाएको छ ।

बैंकले तोके बमोजिमको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०।८५ कायम हुने लगायत कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकका निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले मंगलबारबाट लागू हुने गरी थप निक्षेप सङ्कलन गर्न, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले  निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले कर्णाली डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा थप निक्षेप सङ्कलन, नयाँ निक्षेप खाता र कर्जा प्रवाहमा रोक लगाइएको सूचनामा जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ३१ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक