दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो | Khabarhub Khabarhub

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यावसायीका रुपमा चिनिने दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

 सो निवेदनका आधारमा उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो । 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १ : २७ बजे

उपनिर्वाचन : हुम्लामा खटाइयो ७३ कर्मचारी

सिमकोट – यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको

नबिल एसएसईको तेस्रो वार्षिक उत्सव सम्पन्न

काठमाडौं– नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले तेस्रो

रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

एजेन्सी – रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको

जाडो मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ प्रोडक्ट्स

काठमाडौं– सिजी ब्राण्डले ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको