इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता | Khabarhub Khabarhub

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । सम्झौता आज बिहानबाट लागू भएको हो ।

सम्झौता हुनुअघि इजरायलले लेबनानको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो।

उक्त बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भयानक मानिएको छ । बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट भएको बताइएको छ ।

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ । यसअघि सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो।

इजरायली सेनाले लगभग दुई महिना अघिदेखि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो ।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका कारण आफूले जित हासिल गरेको बताएका छन् । उनले चुनावमा आफ्नो सफलताको कारण वर्तमान राष्ट्रपति जो बाइडेनको दबाब समेत उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ५२ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका