गुल्मीमा धान उत्पादन वृद्धि « Khabarhub

गुल्मीमा धान उत्पादन वृद्धि


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा सीमित रह्यो ।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो । गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् ।

मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ ।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ०३ बजे

आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू

सर्लाहीमा गगनबारे रवि : काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा

अमेरिकी आरोपप्रति इरानको कडा प्रतिवाद

एजेन्सी– संयुक्त राज्य अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको

स्तरोन्नतिपछिको व्यापारिक चुनौती सामना गर्न सरकारले ल्यायो ‘वाणिज्य क्षेत्र रणनीतिक योजना २०८१’

काठमाडौं– नेपाल सन् २०२६ नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट विकासशील

अमेरिकाको मिसौरीमा गोली हानाहान : दुई प्रहरीको मृत्यु, तीन घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा