कमजोर महशुस भयो ? यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति « Khabarhub

कमजोर महशुस भयो ? यी खानेकुराले बढाउँछ प्रतिरक्षा शक्ति


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रगतमा डब्लुबिसीको मात्रा कम हुँदा कमजोर महशुस हुन्छ । रिंगटा लाग्ने, खान मन नलाग्ने, आलश्यता बढी हुने, जिउ पुरै शिथिल तथा गलित हुन्छ ।

यस्तो अवस्थामा प्रतिरक्षा शक्ति बढाउने खानेकुरा खानुपर्छ । प्रतिरक्षा शक्ति कमजोर हुँदा विभिन्न रोग लाग्ने खतरा बढी हुने चिकित्सकहरु बताउँछन् । रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त हुनुपर्छ । जसका लागि नियमित यी कुराहरु खानाले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन–

लसुन, अदुवा

खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ ।

बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस (हड्डीको कमजोरी), ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ ।

अमिला फल

सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : २८ बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि