फापरखेतीमा छैन किसानको मोह  « Khabarhub

फापरखेतीमा छैन किसानको मोह 


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – बागलुङको निसीखोला-४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोडेका छन् । मकै फल्ने बारीमै लगाइने फापर आयातीत खाद्यान्न प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो । गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि उनले फापरखेती गर्न छोडेका हुन् ।

अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्ने किसानको सङ्ख्या निकै कम छ । उन्नत जातका बीउबिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछी परम्परागत खेती प्रणाली फेरिनाका साथै रैथाने बाली लोप हुन थालेको उनको भनाइ छ । 

पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताए। पहिले चामल ल्याउनका लागि हप्तादिन लगाएर बुटवल पुग्नुपर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घरघरै दोकान खुलेपनि रैथाने बाली उत्पादन गर्न छोडेको उनले बताए। 

उनले भने, ‘पहिले गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नु पथ्र्यो, बारीमा फापर, कोदो र मकैबाहेक अरू फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिँडो र रोटी नै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरू बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछी कोदो, फापरखेती किन गरून् ?’

व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ । फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ । बागलुङको निसेलढोर, उत्तरगङ्गा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङलगायत उच्च क्षेत्रमा कोदोखेती गरिन्थ्यो । तमानखोला गाउँपालिका–२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापरखेती गरे पनि अहिले छोडेको बताए। 

‘हाम्रो बाउबाजेले फापरको आँटो, ढिँडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दसैँ, तिहार र अरू चाडपर्वमा खाने गथ्र्यौं, अहिले ढिँडो खानलाई फापर र कोदोखेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानुपर्छ’, सिर्पालीले भने, ‘पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँमा माथिपट्टि बस्ने कोदो र फापरखेती गरेर आँटो ढिँडो खान्थ्यौँ ।’

बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। हरेक वर्ष बागलुङमा एक सय २० मेट्रिक टन फापर उत्पादन हुने उनको भनाइ छ । 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १ : १७ बजे

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत