शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट  « Khabarhub

शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट 


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड डुब्ने खतरा देखाउँदै निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगायो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समेत सूचिकृत रहेको कम्पनीमा भने आज (बुधबार) सकारात्मक सर्किट लेभलमा बढ्यो । 

मंगलबार मात्र राष्ट्र बैंकले उक्त बैंकको खराबर कर्जा ४० प्रतिशत भन्दा बढी भएको भन्दै त्यस बैंकमा बचत गर्ने लगानीकर्ता डुब्न सक्ने भन्दै निक्षेप संकलन रोक्दा यता शेयर बजारमा भने उच्च मूल्य कायम गरिरहेको छ । 

बुधबार नेप्से बन्द हुँदा कर्णाली बैंकको शेयर मूल्य ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । जुन हालसम्मको उच्च मूल्य हो । बुधबार मात्र कर्णालीको शेयर मूल्य प्रतिकित्ता ७६.९० रुपैयाँ अर्थात १० प्रतिशतले बढेको छ ।

मंगलबार राष्ट्र बैंकले डुब्न लागेको भनेर सूचना जारी गरेपछि घटेर बजार बन्द हुँदा ७६९ रुपैयाँ कायम भएको थियो । तर आज भने पोजेटिभ लेवलमा शेयर मूल्य कारोबार भएको छ ।

आज उक्त बैंकको न्यूनतम ७२८ रुपैयाँसम्म पुगेको छ भने उच्चता अन्तिम मूल्य कायम भएको छ । उक्त कम्पनीको शेयर २ लाख ५० हजार ४३९ कित्ता शेयर १ हजार १७४ पटक किनबेच भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको ५ लाख २८ हजार ३०० कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ । जसमा ५१ प्रतिशत अर्थात २५ लाख ६४ हजार ४३३ कित्ता शेयर प्रवद्धको रहेको छ । जुन शेयर कारोबारमा आउँदैनन् । 

उक्त कम्पनीको ४९ प्रतिशत अर्थात २४ लाख ६३ हजार ८६७ कित्ता शेयर सर्वसाधारणको रहेको छ । उक्त शेयर भने दैनिक जसो कारोबार हुने गर्छ ।
बुधबारको अन्तिम कारोबारका आधारमा कर्णालीको मार्केट क्यापिटल ४ अर्ब २५ करोड ३४ लाख ३८ हजार ९७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : १४ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात