च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा « Khabarhub

च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

लन्डन – च्याम्पियन्स लिगको सुरुवाती तीन खेलमा जित हात पार्दै सनसनी फैलाएको एस्टन भिल्लाले पछिल्ला खेलमा लय गुमाएको छ।

चौथो खेलमा हारको सामना गरेको भिल्ला बुधबार राति युभेन्ट्ससँग घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको हो। खेलको अन्तिम समयमा मोर्गान रोजर्सले गोल गरे पनि भिएआरबाट त्यो अस्वीकृत भयो।

भिल्लाको विजयहीन यात्रा सात खेलसम्म लम्बिएको छ। प्रिमियर सिपमा पनि लगातार चार खेलमा हारको सामना गरेको भिल्लाले क्रिस्टल प्यालेससँग बराबरी गर्दै हारको शृङ्खला रोकेको थियो। च्याम्पियन्स लिगमा पाँच साताअघि बोलोग्नामाथि पाएको २-० को जित नै भिल्लाको अन्तिम विजयी खेल हो।

स्टर्म ग्राजले पहिलो जित हात पारेको छ। ग्राजले गिरोनालाई १-० ले हराएको हो। लिलीले बोलोग्नालाई २-१ ले हरायो। सेल्टिक र क्लब ब्रुगले १-१ गोलको बराबरी खेले। पिएसभी आइन्डहोभनले साख्तर डोन्सटकलाई ३-२ ले हरायो।

तालिकामा लिभरपुल १५ अंकसहित पहिलो, इन्टर मिलान १३ अंकसहित दोस्रो तथा बार्सिलोना १२ अंकसहित तेस्रो स्थानमा छन्। यसैगरी १२ अंक भएको बोरुसिया डर्टमन्ड चौथो तथा ११ अंक भएको एटलान्टा पाँचौँ स्थानमा छन्।

वायर लिभकुकुसन, आर्सनल, मोनाको, अस्टनभिल्ला, स्पोर्टिङ सिपी, ब्रेस्ट र लिलीको १० अंक छ। वायरन म्युनिख, बेनफिका, एट्लेटिको म्याड्रिड र एसी मिलानको ८ अंक छ।

साबिक विजेता रियल म्याड्रिड भने ६ अंकसहित २४ औं स्थानमा छ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ७ : २८ बजे

निर्वाचनको वातावरण बनेको छ : कानूनमन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी राष्ट्रिय सभा

अमेरिकाको ध्यान भेनेजुएलातर्फ केन्द्रित हुँदा, युक्रेन वार्ता अन्योलमा

एजेन्सी– रुससँग सम्भावित युद्धविरामपछि युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले

नेकपाले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस २९ गते केन्द्रीय कमिटी

गैरीगाउँ आगलागी : ११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

काठमाडौं– गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।