आज मध्यरातबाट उपनिर्वाचनको निषेध अवधि « Khabarhub

आज मध्यरातबाट उपनिर्वाचनको निषेध अवधि


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार अवधि आज मध्यरातबाट सकिँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज राति १२ बजेबाट निषेधित अवधि लागू हुने भएकाले कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले चुनावी प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । उक्त अवधिमा उम्मेदवार वा अरु कसैले कुनै पनि माध्यमबाट मत माग्न नपाउने आयोगले जनाएको छ।

आयोगले मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म स्थानीय तहमा रिक्त विभिन्न पदमा उपनिर्वाचन गर्दैछ ।

स्थानीय तहमा रिक्त ४४ मध्ये तीनवटामा निर्विरोध भइसकेकाले अब ४१ स्थानमा मतदान हुनेछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ९ : ३८ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी