बाढीले क्षतिग्रस्त पुल मर्मतपछि पुनः सञ्चालन | Khabarhub Khabarhub

बाढीले क्षतिग्रस्त पुल मर्मतपछि पुनः सञ्चालन


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको शहीद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिए ।

सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट विनियोजन भएको एक लाख रुपैयाँको लागतमा पुल मर्मत भएको उनको भनाइ छ ।

पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ११ : ३३ बजे

कीर्तिपुरमा चार उम्मेदवारबीच टक्कर, ठूला दललाई स्वतन्त्रको चुनौती

काठमाडौं- मङ्सिर १६ गते हुने उपनिर्वाचनले कीर्तिपुर नगरपालिकाको राजनीतिक माहोल

‘जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउन आवश्यक’

काठमाठडौं – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त भौगोलिक

क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु

काठमाडौं – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

रामपुर – जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

एजेन्सी – धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै  युक्रेनी सेनाले