सावधान ! यो रुखको छेउमा जानुभयो भने जान सक्छ ज्यान « Khabarhub

सावधान ! यो रुखको छेउमा जानुभयो भने जान सक्छ ज्यान


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया रुख विरुवाको आसपासमा बस्नु स्वास्थ्यका दृष्टीकोणबाट पनि राम्रो मानिन्छ ।

स्वच्छ हावापानीका लागि पनि रुख विरुवालाई उपयुक्त मानिन्छ । तर, आज हामी एउटा यस्तो रुखको तथ्य उल्लेख गर्दैछौं जुन रुखको छेउमा पुग्यो भने पनि ज्यान नै जाने सम्मको खतरा रहन्छ ।

हुन त त्यो रुख पनि अन्य सामान्य रुख जस्तै देखिन्छ । त्यो रुखको नाम ‘सरबेरा ओडोलम’ हो । अन्य रुख सँग समानान्तर देखिएपनि त्यसको छेउमा जानु खतरनाक हुन्छ ।

बैज्ञानिकहरुका अनुसार, त्यो रुख हेर्दा सुन्दर लागेपनि यति विषालु हुन्छ की छेउमा गएर कसैले छोयो भने मानिस सिधै मृत्युको मुखमा पुग्छन् । यो रुखका कारण विश्वभर प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।

यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।

बैज्ञानिकहरुको अनुसन्धान अनुसार, त्यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् ।

यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ । यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ३९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा