एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक « Khabarhub

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरुका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ।

राजधानी लिमाबाट करिब ३५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर लामो घडियाल गोहीको जीवाश्म फेला परेको थियो ।

‘हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौँ, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन। यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भने। 

अवशेषको पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमूनाहरूको खप्पर र बङ्गारा आजका गोही र मगरमच्छहरूको भन्दा फरक छ ।

ग्यामराले भने, ‘तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो।’

‘यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो,’ उनले भने।

पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् ।

पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख वर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ०८ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर