श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु « Khabarhub

श्रीलंकामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलंकाली उद्धारकर्मीले बिहीबार बताएका छन् ।

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण दुई लाख ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बंगालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।

उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यस क्षेत्रका लागि पनि चक्रवातको खतरनाक जोखिम रहेको पाइन्छ । 

श्रीलंकाको तट पार गरिसकेपछि, आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ । भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पान्डेचरी तटवर्ती क्षेत्रमा  ७० किलोमिटर प्रति घण्टा सम्मको  गतिमा प्रवाह हुने अनुमान गरिएको छ । 

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएपछि सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेको जनाएको छ ।  

सरकारले सेनाको सहयोगमा राहत कार्य सुरु गरेको जनाएको छ । विपद् व्यवस्थापन  केन्द्रले अझै पनि बेपत्ताहरूको खोजी गरिरहेको उल्लेख गरेको छ ।   

दक्षिण एसियाली क्षेत्रले वर्षासँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञहरूले भने जलवायु परिवर्तनका कारण यस्ता खालका समस्याहरू बढ्दै गएको उल्लेख गरेका छन्  ।a

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : २४ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको