सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च | Khabarhub Khabarhub

सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा ल्याएको छ ।  ५ वर्षको ग्यारेन्टीसहितको वातावरणमैत्री सौर्य गिजरमा इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिजी सोलार वाटर हिटर विभिन्न क्षमताहरू (१५ ट्यूबदेखि ३६ ट्यूबसम्म) र दबाब प्रणालीमा उपलब्ध छ, जसले साना तथा ठूला परिवारहरूको आवश्यकतालाई सहजै पूरा गर्न सक्छ। १५-२० ट्युब गिजर साना परिवारहरूको लागि, २४-३० ट्युब गिजर मध्यम परिवारको लागि, र ३६ ट्युब गिजर ठूला परिवार वा व्यावसायिक प्रयोगका लागि उपयुक्त छन् । यसमा एण्टी-कोरोसन कोटिंग र मौसम प्रतिरोधी डिजाइन रहेको छ, जसले यसलाई सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो बनाएको छ।

यो गिजरले जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने कम्पनीको दाबी छ। सिजी सोलार वाटर हिटर नेपालभरका CG Electronics शोरूमहरूमा उपलब्ध छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ०६ बजे

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ