एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने « Khabarhub

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडाैं आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीले जनाएको छ । उक्त सेवा टिकट खरिद गरेका समर्थकहरूले लिन सक्ने चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजले आफ्नो पहिलो खेल यही मङ्सिर १७ गते काठमाडौँ गुर्खाजसँग खेल्दै छ । उक्त खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । पहिलो खेलको लागि चितवन मेडिकल कलेजदेखि काठमाडौँका लागि बिहान तीन बजे बस प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ९ : ४३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले