एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने « Khabarhub

एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडाैं आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीले जनाएको छ । उक्त सेवा टिकट खरिद गरेका समर्थकहरूले लिन सक्ने चितवन राइनोजले जनाएको छ ।

चितवन राइनोजले आफ्नो पहिलो खेल यही मङ्सिर १७ गते काठमाडौँ गुर्खाजसँग खेल्दै छ । उक्त खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । पहिलो खेलको लागि चितवन मेडिकल कलेजदेखि काठमाडौँका लागि बिहान तीन बजे बस प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ९ : ४३ बजे

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले