विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे « Khabarhub

विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको चौथो विश्व शान्ति पूजा कार्यक्रममा उनले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन योगदान पुगेको बताएका हुन् ।

पर्यटनमन्त्री पाण्डेले ज्ञानबाट धनतिर जान लागेको समाजलाई बुद्धमार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एकपटक नेपाल आउनुपर्ने बताउँदै उहाँले एकपटक आएकाले पटकपटक आउने वातावरण बनाउनु आवश्यक रहेकामा जोड दिए। विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनुपर्ने उनको भनाइ थियो ।

“बुद्धको सन्देश संसारभर फैलियो । यो विश्व शान्ति पूजाको आयोजना गर्दैगर्दा मानवको मानसिक शान्ति र जलवायु परिवर्तनको जोखिमबाट बचाउन पृथ्वीमा शान्ति खोजिरहेका छौँ”, पर्यटनमन्त्री पाण्डेले भने, “बुद्धको शिक्षा र मार्गदर्शनलाई आत्मसात् गर्दै विश्वशान्ति र भ्रातृत्व कायम गर्न सबै लाग्नुपर्ने आवश्यकता छ ।”

पूर्वपर्यटनराज्यमन्त्री याङ्किला शेर्पाले विश्वशान्तिको कामनासहित आपसी भाइचारा अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

गुरु शरणनाथ, बज्राधार शाक्य गोङेमा ठिछेन रिन्पोछेको ८०औँ जन्मोत्सवका अवसरमा दीर्घायु प्रार्थना समारोह तथा चौथो विश्वशान्ति पूजा आयोजना गरिएको हो । विश्वशान्ति पूजामा विभिन्न मुलुकबाट प्रतिनिधिहरु सहभागी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  १० : ३३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री