पोखराको बाँझो जग्गामा कागतीखेती | Khabarhub Khabarhub

पोखराको बाँझो जग्गामा कागतीखेती


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागतीखेती सुरु गरेका छन्  । 

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए। 

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यक्रमबाट अनुदान सहयोग पनि पाएका छन् । 

कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट तीन लाख ९० हजार सात सय स्वीकृत अनुदान रहेको छभने तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नुछन् । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य  छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : १८ बजे

पुरुष यू–१९ एसियाकप : श्रीलंकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि पुरुष यू–१९

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका

कतार– कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज