कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने | Khabarhub Khabarhub

कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसँग तत्काल संवाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले ताप्लेजुङको पाथीभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले जानकारी दिए ।

कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरूको कार्यान्वयनको अवस्थालाई हेरेर बजेट संशोधन गर्न निर्देशन दिए अनुसार  कोशी प्रदेशको बजेट पुनरावलोकन गरी संशोधन गर्ने निर्णय पनि संयन्त्रले गरेको उनले बताए ।

बैठकपछि कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेट अनुसार सञ्चालनमा नरहेका कार्यक्रमहरू बारे पुनर्विचार गरेर बजेट संशोधन गरिने जानकारी दिए ।

एमाले र कांग्रेसका प्रतिनिधिहरू बाहेक प्रदेश सरकारका मन्त्रीहरू र सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए । सो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कोशी प्रदेशको बजेटको अवस्था, आय व्ययको विवरण, योजना कार्यान्वयनको स्थिति बारे जानकारी गराएका थिए  ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४८ बजे

कर्णाली याक्सबाट खेल्न आइपुगे शिखर धवन (भिडियो)

काठमाडौं- भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् ।

एनपीएलको मस्कट ‘जीत’, मर्की खेलाडीले भने- उत्साहित छौँ (तस्बिरहरू)

काठमाडौं- शनिबारदेखि सुरु हुने पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)

जनकपुर बोल्टस्को डेकोर पार्टनरमा नेपोभिट टायल्स

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्टस्ले नेपाल सेरामिक

कोशीमा सडक दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान

धरान- दैनिकजसो बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न कोशी प्रदेशमा सडक

सञ्चारमन्त्री भन्छन्- ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन

वालिङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला