अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन | Khabarhub Khabarhub

अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले आफैंलाई गोली हानेका छन् ।

तुर्माखाँद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज ४५ वर्षीय असई किसनबहादुर चन्दले बिहीबार राति पेस्तोलबाट आफैंलाई गोली हानेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीका अनुसार चन्द आफैंले बोकेको पेस्तोलबाट बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको खुलेको छ।

बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंलाई गोली हानेपछि गम्भीर घाइते चन्दको अहिले बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

उक्त घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीका प्रमुख (एसपी) विनोद शर्मा नेतृत्वको समिति बनाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : ०८ बजे

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार