‘नो सेभ नोभेम्बर’ : क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर अ कज’ हुँदै « Khabarhub

‘नो सेभ नोभेम्बर’ : क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर अ कज’ हुँदै


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्ट फाउण्डेसनले ‘नो सेभ नोभेम्बरः फेसन फर अ कज’ को चौथो संस्करण भोलि शनिबार आयोजना गर्ने भएको छ ।

आयोजक संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा शनिबार दिउँसो ४ बजेदेखि यो कार्यक्रम प्रारम्भ हुने जनाएको छ ।

आयोजक संस्थाले जनाए अनुसार क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले विगत चार वर्षदेखि नो सेभ नोभेम्वरः फेसन फर अ कज शीर्षकको फेसन शो आयोजना गरिँदै आएको छ । फेसन कोच तथा अभिनेता प्रशान्त ताम्राकारले आफ्नै पहलमा क्यान्सरविरुद्ध चेतना जगाउन यो कार्यक्रमको थालनी गरेका हुन् ।

वास्तवमा ‘नो सेभ नोभेम्बर’ एक महिना लामो एउटा अभियान हो । हरेक वर्ष विश्वभर क्यान्सर रोकथाम, अनुसन्धान, शिक्षा तथा विरामीलाई सहयोग गर्नका लागि सचेतना फैलाउनका लागि कोष जुटाउने यो अभियानको मुख्य उदेश्य हो ।

आयोजक संस्थाले यो वर्ष पनि ‘वाक टुगेदर फर क्यान्सर अवेरनेस’ अर्थात ‘क्यान्सर सचेतनाका लागि संगै हिँडौं’ भन्ने नाराका साथ सबै क्षेत्रका व्यक्तित्वहरुलाई एकै ठाउँमा भेला गर्न, कोष संकलन गर्न, क्यान्सर विरुद्धको लडाईंलाई समर्थन गर्न प्रारम्भ गरिएको यो कार्यक्रममा विगतका वर्षहरुमा झैँ यसपटक पनि विभिन्न सेलिब्रेटी, व्यवसायी, कलाकार, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले सहभागिता जनाउने छन् ।

शनिवारको कार्यक्रममा पनि छाया सेन्टरको ठूलो परिसरमा निर्माण गरिएको र्याम्पमा सेलिब्रेटी लगायतका व्यक्तित्वहरुले क्यान्सरविरुद्धको सचेतना र सहयोग सन्देश सहितका विभिन्न कार्ड बोकेर क्यान्सर विरुद्धको लडाईँमा आफ्नो ऐक्यबद्धता प्रदर्शन गर्दै क्याटवाक गर्नेछन् ।

यसपटकको फेसन फर अ कजलाई पनि विभिन्न कम्पनी तथा ब्राण्डहरूले साथ, समर्थन तथा सहयोग गरेका छन् । समारोहबाट संकलित रकमबाट केही समयपछि नेपालका केही केही क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने आयोजक आन्ट फाउन्डेसनले जनाएको छ ।

‘विगतका कार्यक्रमहरुको सफलताबाट उत्साहित हुँदै हामीले यो वर्ष अझ विशेष तयारी तथा मेहनतका साथ यो कार्यक्रम आयोजना गर्दैछौं, आयोजक संस्थाका प्रमुख फेसन कोच प्रशान्त ताम्राकार भन्छन्– ‘हामीले विगतमा प्राप्त गरेका अत्यधिक राम्रा प्रतिक्रिया, साथ तथा समर्थनले हामीलाई यो उद्देश्यका लागि उत्प्रेरित गरेको छ । त्यसैले यो वर्षको कार्यक्रमलाई अझ ठूलो र प्रभावकारी रूपमा सञ्चालन गर्न हामी समर्पित भएका छौं ।’

फेसन कोच ताम्राकारका अनुसार यो वर्षको कार्यक्रममा पहिलो पटक ‘प्यानल डिस्कसन’ को इभेन्ट समावेश गरिएको छ । यो डिस्कसन कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको साथमा वरिष्ठ चिकित्सकहरु तथा क्यान्सर सर्भाभरहरुले सहभागिता जनाउने छन्, जसबाट क्यान्सरको रोकथाम, समयमै अपनाउन सकिने सचेतना तथा उपचारका बारेमा विभिन्न जानकारीहरु पाइने छ ।

कार्यक्रमको प्रमुख आकर्षर्ण अर्थात थिम्ड रनवे वाक्समा क्यान्सर सर्भाइभर, स्वास्थ्यकर्मीहरु, सेलिब्रेटीहरुले रनवेमा आफूलाई प्रस्तुत गर्नेछन् । त्यसक्रममा उनीहरुले प्रदर्शन गर्ने गुलावी रंगले ब्रेस्ट क्यान्सर, नीलो रंगले प्रोस्टेट क्यान्सर तथा सेतो रंगले फोक्सोको क्यान्सरलाई प्रतिविम्बित गर्नेछ । हरेक हिँडाइले जनचेतना, परामर्श तथा क्यान्सरविरुद्ध लड्न एकजुट हुनु पर्ने सन्देश दिनेछ ।

कार्यक्रमको उत्तराद्र्धमा आयोजना हुने लाइभ पर्फर्मेन्समा विभिन्न कलाकारहरुले सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जक बनाउने छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ०९ बजे

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा