बीआरआईमा कांग्रेस-एमालेबीच फरक मत छैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

बीआरआईमा कांग्रेस-एमालेबीच फरक मत छैन : उपप्रधानमन्त्री सिंह


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बीआरआईको विषयले सरकारमा समस्या नआउने बताएक छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले बीआरआईमा कांग्रेस र एमालेबीच फरक मत नरहेको बताए ।

अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै सिंहले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भए पनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस– एमालेले संयुक्त रूपमा नै एजेन्डा तयार गरेको पनि उनले बताए । यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि सिंहको भनाइ थियो ।

मन्त्री सिंहले सरकार ढल्छ भनेर अफवाह फैलाइए पनि त्यसमा सत्यता नरहेको दाबी गरे ।

‘कांग्रेस सभापति शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ,’ सिंहले भने, ‘प्रधानमन्त्रीजीले सहमतिअनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ । सरकारमा समस्या छैन ।’

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ४ : ०० बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं