मलेसियामा बाढी, एक लाखभन्दा बढी मानिस विस्थापित « Khabarhub

मलेसियामा बाढी, एक लाखभन्दा बढी मानिस विस्थापित


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन् ।

केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या चार रेकर्ड भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्क अनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन् ।

तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरूलाई विस्थापित भएका थिए भने बाँकी विस्थापितहरू अन्य सात राज्यहरूबाट रिपोर्ट गरिएको थियो ।

यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरू जलमग्न सडकहरूबाट हिंडिरहेको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ५ : ३० बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार